News Griha :: न्यूजगृह
सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट तीन भारतीयसहित ५ जना पक्राउ 

काठमाडौं— ललितपुर प्रहरीले शंकास्पद करोबारमा संलग्न रहेको आशंकामा तीन भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट  ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।

बिहीबार दिउँसो ३ बजे ललितपुर महानगरपालिका–१४ मा रहेको एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामा तीन भारतीय नागरिकमा २८ वर्षका युवराज विभुते, २० वर्षका विक्रम यलवर र वर्ष १८ का अभिषेख विभुते छन्। त्यस्तै भक्तपुरका २० वर्षका सिद्धान्त चौलागाई र ललितपुरका २० वर्षका यसवन्त सुनार पनि पक्राउ परेका छन्।

भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी पाँच जना पक्राउ र नगदसहितका सामान बरामद भएका हुन्। उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:३०
राजनीति
Weather Update