News Griha :: न्यूजगृह
काठमाडौं प्रहरी परिसर स्थानान्तरण, अब भद्रकालीको नयाँ भवनबाट सेवा दिइने 
जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन।

काठमाडौं— जिल्ला प्रहरी परिसर, काठमाडौं स्थानान्तरण हुने भएको छ। परिसर कार्यालय भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण गर्न लागिएको हो।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात हनुमानढोकाबाट टेकुस्थित तत्काल नेशनल ट्रेडिङ लिमिटेड (हाल नेपाल आयल निगमको) केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भई कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेको थियो।

हाल परिसरको लागि भद्रकालीस्थित जग्गामा भवन पूर्ण रुपमा निर्माण भइसकेको र उक्त नव निर्मित भवनमा असार २२ गते (शनिबार) का दिन स्थानान्तरण हुने प्रहरी परिसरले जनाएको छ।

सो भवनबाट आइतबारदेखि सम्पूर्ण सेवा प्रवाह गरिने प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २१:२६
राजनीति
Weather Update