News Griha :: न्यूजगृह
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

काठमाडौं— अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका—२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका–६ अक्करे भीरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:५०
Weather Update