News Griha :: न्यूजगृह
आज सातवटै प्रदेशमा वर्षा हुने, पाँचवटामा अति भारी वर्षाको सम्भावना

काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा  पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस  प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०६:३१
Weather Update