News Griha :: न्यूजगृह
बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायाे, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो
बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायाे, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ। पुलका दुवैतर्फका पिल्लरहरु भत्काउँदा पुल बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटकहरू घुम्न जाने गर्दथे। 
पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन्।
पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै
पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ। अन्य दुईजनाको खोजी जारी छ। पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गएराति भेटिएको हो। पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी...
महाकालीमा पानीको बहाव बढ्यो, सवारिसाधन चलाउन बन्देज
महाकालीमा पानीको बहाव बढ्यो, सवारिसाधन चलाउन बन्देज महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारिसाधन चलाउन रोक लगाइएको हो। साना सवारिसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए।
एमालेको संसदीय दलको बैठक बस्दै
एमालेको संसदीय दलको बैठक बस्दै नेकपा एमालेको संसदीय दलको बैठक आइतबार बस्दै छ। बैठक आज बिहान १० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ। 
कालीगण्डकी करिडोर ठप्प
कालीगण्डकी करिडोर ठप्प जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ। वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ।
सप्तकोशी नदीमा जलसतह बढ्दै, ४१ ढोका खोलिए
सप्तकोशी नदीमा जलसतह बढ्दै, ४१ ढोका खोलिए सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ।
सेती नदीमा बाढी, बैतडीको सिगासका ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीमा बाढी, बैतडीको सिगासका ६० घरपरिवार सुरक्षित स्थानमा सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछी बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा, इङ्ल्यान्डको सामना गर्ने
टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा, इङ्ल्यान्डको सामना गर्ने टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो।
इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश
इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–३ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो।
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्‍चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ।
बाढीपहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता
बाढीपहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Weather Update