News Griha :: न्यूजगृह
मजदुरीका लागि भारतको मेघालय पुगेका ४ नेपालीको वीभत्स हत्या

काठमाडौं— भारतको मेघालयमा ४ नेपालीको वीभत्स हत्या भएको छ। उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन्। 

मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव भेला परेको समाचारमा उल्लेख छ। भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन।

मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा हो। हत्या गरिएका ४ जना धरान र भोजपुरका भएको प्रारम्भिक सूचना छ।

घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:४३
Weather Update