News Griha :: न्यूजगृह
आज यी ४९ जिल्ला बाढीको जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं— निरन्तर वर्षा भइरहेका कारण शनिबार देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको उच्च जोखिम छ।’

यसैगरी आज काठमाडौंसमेत ४२ जिल्ला बाढीको मध्यम जोखिममा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, पूर्व  र पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, बझाङ, बाजुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।

अन्त्यमा महाशाखाले भनेको छ, ‘साथै देशभरका अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।’ 

बाढीको विस्तृत जानकारी

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:०४
Weather Update