तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा
रूपन्देही— केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका—११ बुद्धनगरस्थित तिनाउ नदीमा पानीको सतह बढेको छ।
पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरू जोखिममा परेका छन्। नदी छेउछाउका स्थानीयलाई सुरक्षित स्थानमा जान र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ ०९:५८