News Griha :: न्यूजगृह
पर्यटन विकास आयोजनाका इन्जिनियर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१७ हजार रुपैयाँ घुस लिएको आरोपमा बस्नेत सँगै सवइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सवइन्जिनियरद्वय भट्टराई र अर्यालले १७ हजार रुपैयाँ घुस लिएका थिए । उनीहरू दुवै जना घुस रकमसहित पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर बस्नेतले उक्त रकम लिन लगाएको पुष्टि भएपछि तिनै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:३१
राजनीति
Weather Update