News Griha :: न्यूजगृह
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

तेह्रथुम— ४६ वर्षीया आमाको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २३ वर्षीय छोरालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोकका २३ वर्षीय दीपक नेपाली छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। 

दीपकले खुकुरी प्रहार गर्दा आमा तिलमायाको  मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:३६
राजनीति
Weather Update