सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं— शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ ११:३१