News Griha :: न्यूजगृह
प्रशिक्षक इरिक टेन हाग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने 

काठमाडौं— इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक इरिक टेन हागसँग थप दुई वर्षको सम्झौता गरेको छ।

क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक इरिकसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ। क्लबले टेन इरिकलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो।

क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन इरिकले आउँदा दिनमा आफूले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए। उनले इङ्ग्लिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउँदै मिलेर त्यो लक्ष्य पुरा गर्ने बताएका छन्।

२०२२ को मे २३ मा नेदरल्याण्ड्सको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका इरिकले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन्।

उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा २०२२–२३ मा इपीएल कप जिताएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:१४
राजनीति
Weather Update