मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने बिहीबार, असार २०, २०८१
-1720098036.jpg)
सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै एमालेले फिर्ता लियो समर्थन बिहीबार, असार २०, २०८१ केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिएको जानकारी गराएका हुन्। मुख्यमन्त्री दीर्घ सोडारी काठमाडौं रहेका कारण उनलाई फोन गरेर जानकारी गराउँदै सचिवालयमा पत्र बुझाएका हुन्।

किन घट्दैछ वीरगञ्ज भन्सारको राजस्व? बिहीबार, असार २०, २०८१ मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन।

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मतः अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम नै दोहोरिए बिहीबार, असार २०, २०८१ नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ। अध्यक्षमा माधवकुमार नेपाल नै दोहोरिएका छन्। त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिएका हुन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशनमा तीन जनाको नाम सर्र्वसम्मत भएको जानकारी गराइएको हो। उनीहरुको नाम सर्वसम्मत बनाउने घोषणपछि देशभरबाट आएका प्रतिनिधिहरुले अनुमोदन गरेका हुन्।
-1720095152.jpg)
भजनीका बाढी प्रभावित भन्छन् : अब हाम्रा दुःखका दिन सुरु भए बिहीबार, असार २०, २०८१ जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित रहेका छन्। वर्षेनी काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन।

कञ्चनपुरका आठ विद्यालयको एसईई नतिजा शून्य बिहीबार, असार २०, २०८१ केही दिनअघि सार्वजनिक एसईई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताए।
-1719134508.jpg)
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट बिहीबार, असार २०, २०८१ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्।

रौतहटको कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असार २०, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकताभन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
![मुकुलको प्रतिवेदनः गगनलाई चुनाव हराउने रास्वपाको त्यो रणनीति [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/mukuk-1719986995.jpg)
मुकुलको प्रतिवेदनः गगनलाई चुनाव हराउने रास्वपाको त्यो रणनीति [पूर्णपाठ] बिहीबार, असार २०, २०८१ पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ। ढकालले देशका विभिन्न ३८ जिल्लामा पुगेर तयार पारेको प्रतिवेदन बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदन सार्वजनिक गर्दा प्रत्यक्ष प्रशारण गर्न माग मुकुलले राखे पनि पार्टीले त्यसलाई अस्वीकार गरेपछि हिजोको बैठकमा उनी...

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु बिहीबार, असार २०, २०८१ धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। जिल्लाको धनौजी गाउँपालिका वडा नं ५ स्थित बअुहर्वा भन्ने स्थानमा रहेको सार्वजनिक पोखरीमा डुबेर ती बालिकाको मृत्यु भएको हो। आज मध्यान्न तीन बालिकाको पोखरीमा डुबेर ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष रामवती मण्डलले न्यूजगृहलाई जानकारी दिइन्।

बैतडीका १८ विद्यालयको एसईई नतिजा शून्य बिहीबार, असार २०, २०८१ जिल्लाका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो।परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईका प्राविधिक सहायक रामचन्द्र...

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा बिहीबार, असार २०, २०८१ जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ। यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ।समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट...

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन बिहीबार, असार २०, २०८१ कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिए।









