News Griha :: न्यूजगृह
कञ्चनपुरका आठ विद्यालयको एसईई नतिजा शून्य

महेन्द्रनगर— केही दिनअघि सार्वजनिक एसईई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताए। 

उनका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो।

त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक÷एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिए। 

‘ती विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीले सम्पूर्ण विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने हो त्यो सबै विषयमा सकेनन्,’ उनले भने। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:००
Weather Update