News Griha :: न्यूजगृह
जङ्गली बिषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी
जङ्गली बिषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन्।
गगन थापा भन्छन्– मेरो चाहना प्रतिपक्षमा नै बस्ने थियो, प्रचण्डको अस्थिर चरित्रका कारण यो परिस्थिति बन्यो
गगन थापा भन्छन्– मेरो चाहना प्रतिपक्षमा नै बस्ने थियो, प्रचण्डको अस्थिर चरित्रका कारण यो परिस्थिति बन्यो नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको नयाँ परिस्थिति बन्नुमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मुख्य कारण रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले निर्वाचनपछि पटकपटक प्रचण्डले गठबन्धन फेरेका कारण अहिलेको परिस्थिति निर्माण भएको बताए। त्यस्तै आफ्नो चाहना कांग्रेस प्रतिपक्षमै बस्ने रहे पनि नयाँ परिस्थिति निर्माण...
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो। 
एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास
एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै  बिहीबार नेतृत्व चयनमा केन्द्रित भएको हो। असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ। महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय...
‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक, ट्राफिक प्रहरीको इतिहास र विकासक्रमलाई अब तस्बिरमा हेर्न सकिने
‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक, ट्राफिक प्रहरीको इतिहास र विकासक्रमलाई अब तस्बिरमा हेर्न सकिने नेपाल प्रहरीको विशिष्टीकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबारआयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे। 
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने विभागका अनुसार आज अपरान्ह कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
एकैदिन प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
एकैदिन प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए 
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् ।
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह सवा १२ बजे बैठक बस्नेछ। बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।
हत्या घटनामा संलग्न तीन जना पर्साबाट पक्राउ
हत्या घटनामा संलग्न तीन जना पर्साबाट पक्राउ गत जेठ २९ गते नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मिटर नेपालको सीमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको...
राष्ट्रपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब
राष्ट्रपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहस पछि, राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने दबाब बढेको छ।८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टी भित्र उनले उम्मेदवारी छोड्नु पर्ने माग हुन थालेको हो।
जङ्गली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी
जङ्गली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी जङ्गली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ। बुधबार साँझको खानामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका—६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Weather Update