१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा बिहीबार, असार २०, २०८१

अख्तियारले बोलायो ललितपुरका मेयर महर्जनलाई, यस्तो छ आरोप बिहीबार, असार २०, २०८१ लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो। अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत...

बेलायतमा आज आम निर्वाचन, १४ वर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण बिहीबार, असार २०, २०८१ बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन्। यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन्। २०२४ को आम चुनावको लागि नामाङ्कनको अन्तिम मिति शुक्रबार ७ जुन २०२४ थियो। चुनाव लड्ने उम्मेदवारहरूले मतदानको दिन अघि छ...

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो बिहीबार, असार २०, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई बिहीबार, असार २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।बुधबार महामन्त्री डा मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो।

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै बिहीबार, असार २०, २०८१ सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्। मङ्गलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनमा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।

लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ बिहीबार, असार २०, २०८१ नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस, आजै आदेश आउन सक्ने बिहीबार, असार २०, २०८१ गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जबाफी बहस मात्र हुनेछ। मङ्गलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। अब केही अधिवक्ताले जबाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ।

एकीकृत समाजवादीको अध्यक्षका लागि नेपाल र भुसाल मैदानमा बिहीबार, असार २०, २०८१ अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन्।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असार २०, २०८१ आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रास्वपाले निलम्बन गर्यो महामन्त्री एवं प्रवक्ता ढकाललाई बिहीबार, असार २०, २०८१ रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकाललाई निलम्बन गरेको छ।ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना बुधबार, असार १९, २०८१ काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई ८ लाख जरिवाना गराएको छ ।

मुकुल ढकाललाई बर्खास्त गर्ने रास्वपाको तयारी बुधबार, असार १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो। जसका लागि अहिले पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।









