अल्पमतमा प्रधानमन्त्री प्रचण्ड बुधबार, असार १९, २०८१

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता बुधबार, असार १९, २०८१ नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पक्राउ बुधबार, असार १९, २०८१ बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई प्रहरी वृत्त महाराजगञ्ज मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने बुधबार, असार १९, २०८१ मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उनले बताए । उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारिसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

सामूहिक राजीनामा दिन बालकोटबाट एमालेका मन्त्रीहरु बालुवाटारमा बुधबार, असार १९, २०८१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदैछन्। बुधबार अपरान्ह अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलपछि एमालेबाट सरकारमा सामेल मन्त्रीहरु अहिले बालकोटबाट बालुवाटार जाँदैछन्।

अख्तियारका आयुक्तको घरको पर्खालमा महानगरको डोजर बुधबार, असार १९, २०८१ ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ। मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

नेपालमै पहिलोपटक काखीमुनि प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन बुधबार, असार १९, २०८१ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ।

झापामा विपद्जन्य घटनाबाट १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति बुधबार, असार १९, २०८१ विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ।

असई थमन विकको हत्या आरोपमा पूर्व सांसद यादव पुर्पक्षका लागि जेल चलान बुधबार, असार १९, २०८१ जिल्ला अदालत महोत्तरीले हत्याको आरोपमा पक्राउ परेका मधेस प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा पक्राउ यादव पक्राउ परेका थिए। मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो।

एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने, केहीबेरमा पत्र बुझाउँदै बुधबार, असार १९, २०८१ नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्र्न अपिल गरेको थियो। आजसम्मका लागि मार्गप्रशस्त गर्न समय दिएको तर प्रधानमन्त्रीबाट त्यसको निर्णय नआएपछि समर्थन आजै फिर्ता लिने निर्णयमा एमाले पुगेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी...
-1720010215.jpg)
अजिङ्गरको पेटभित्र महिलाको मृत शरिर फेला परेपछि... बुधबार, असार १९, २०८१ मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेकी छिन्। सिरियाटी नामकी ३६ वर्षीया महिला मंगलबार आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न बजार निस्किएकी थिइन्। तर उनी लामो समय घर नफर्किएपछि खोजी भएको थियो।

पेरिस ओलम्पिक खेल्ने टोलीमा परेनन् मेस्सी बुधबार, असार १९, २०८१ अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी पेरिस ओलम्पिक–२०२४ मा सहभागी नहुने भएका छन्। अर्जेन्टिनाका प्रशिक्षक जाभियर मास्चेरानोले मंगलबार घोषणा गरेको टोलीमा मेस्सी समावेश छैनन्।

वामदेवले भने– प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ बुधबार, असार १९, २०८१ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्। वर्तमान संसदीय व्यवस्थाले नेपाल राष्ट्रलाई गरिब बनाइरहेको भन्दै गौतमले बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो कुरा बताएका हुन्। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अहिले देशले खोजिरहेको दाबी समेत गरे।









