News Griha :: न्यूजगृह
लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं— नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

16-1720055127.jpg
तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्।

उनीहरूलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरूले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ।15-1720055127.jpg
 

बरामद लागुऔषधको अन्दाजी बजार मूल्य चार करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:०३
Weather Update