News Griha :: न्यूजगृह
बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र सङ्गठित अपराध अन्तर्गतको कसुरमा  अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न झालाई बिहीबार अदालतमा हाजिर गराएको थियो।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर गत शुक्रबार नेपाल ल्याएको थियो। गत आइतबार प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियाे।

पहिलाे पटक काठमाडौं अदालतले झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:५०
राजनीति
Weather Update