News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा सुनुवाइ हुने 

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा न्यायाधीशबीच राय बाझिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा आज उक्त रिटमाथिको सबै सुनुवाइ सकिएको थियो। तर न्यायाधीहरुहरुको राय बाझिएका कारण फैसला आउन सकेन। 

न्यायाधीशबीच राय बाझिएसँगै त्यसको छिनोफानो पूर्ण इजलासमा हुने रिट रिट निवेदकतर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यूजगृहलाई जानकारी दिए। 

‘दुई न्यायाधीशबीच राय बाझिएपछि अब त्यसको छिनोफानो पूर्ण इजसालमा हुने,’ उनले भने। 

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको र पदमा रहँदा असर गर्ने भन्दै पदमुक्त गर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:३५
राजनीति
Weather Update