News Griha :: न्यूजगृह
विभिन्न माग राख्दै सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका कर्मचारीहरु आन्दोलित 

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। 

बिहीबार संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन्। 

आज कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालयको मुल गेटमा विभिन्न ४ बुँदे माग राखेर धर्ना दिए। 

कृषि तर्फका दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने लगायतका मागहरु उनीहरुको रहेको छ। 

त्यस्तै रिक्त पदमा पदपूर्ति गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन हुनुपर्ने, न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने,  संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:०४
Weather Update