News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसलाको तयारी 

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पदमुक्त गर्न माग गर्दै परेको रिटमाथिको सबै बहस सकिएको छ। 

आज सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

आज जवाफी बहस भएसँग सबै बहस सकिएको र आजै फैसला आउने रिट निवेदकतर्फका बहसकर्र्ता समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यूजगृहलाई जानकारी दिए। 

‘गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको सबै बहस सकिएको छ,’ उनले भने, ‘आजै फैसला आउने तयारी छ।’ 

यसअघि मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। आज  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जबाफी बहस गरेका हुन्। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टरार्ईले पदमा रहँदा अनुसन्धान प्रभावित हुने भन्दै पदमुक्त गर्न माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:३४
Weather Update