ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी घुससहित पक्राउ मंगलबार, असार ५, २०८०

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त मंगलबार, असार ५, २०८० पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् ।

प्रधानमन्त्रीसँग शुक्रबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर हुने मंगलबार, असार ५, २०८० सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गरे ।

सांसदको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित मंगलबार, असार ५, २०८० प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाएका छन् ।

गृहमन्त्रीले संसदमा भने– बाढिपहिरोबाट दशको मृत्यु, २६ बेपत्ता मंगलबार, असार ५, २०८० केहि दिनअघि पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण दश जनाको मृत्यु भएको भने २६ जना बेपत्ता भएका छन् ।

ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन मंगलबार, असार ५, २०८० प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।

ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा बेलिब्रिज निर्माण सुरु मंगलबार, असार ५, २०८० आइतबार आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुर्ननिर्माण सुरु भएको छ ।

सुनचाँदीको भाउ मंगलबार सामान्य घट्याे मंगलबार, असार ५, २०८० सुनचाँदीको भाउ मंगलबार सामान्य घटेको छ ।

कामनपा २९ का वडाध्यक्षमाथि १२ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप, निलम्बन गरी कारबाहीको माग मंगलबार, असार ५, २०८० सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।

आमासँग छुट्टिएको दश दिनपछि केटोको उद्धार मंगलबार, असार ५, २०८०

वर्षा नहुँदा कञ्चनपुरमा रोपाइँ सुरु भएन मंगलबार, असार ५, २०८० कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।

तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु मंगलबार, असार ५, २०८० तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

‘नेपाल रामबिना र भारत सीताबिना अधुरा छन्’ मंगलबार, असार ५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामबिना र भारत सीताबिना अधुरो रहेको बताएका छन् ।









