गृहमन्त्रीले संसदमा भने– बाढिपहिरोबाट दशको मृत्यु, २६ बेपत्ता

काठमाडौं— केहि दिनअघि देशकाे पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण दशको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्राकृतिक प्रकोपका विषयमा जानकारी गराउँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढिपहिरोका कारण दश जनाको मृत्यु, ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिए ।
बाढिपहिरोका कारण ५४ घर पूर्णरुपमा क्षति भएको उनले बताए । विपद्को घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्धारका साथै बेपत्ताको खोजी कार्य तीव्र गरिएको उनले बताए ।
प्रधानमन्त्री लगायको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण तुम्लिङटारबाहेक अन्यत्र जान नसकिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १२:४१