सुनचाँदीको भाउ मंगलबार सामान्य घट्याे

काठमाडौं— सुनचाँदीको भाउ मंगलबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।
सुन तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ सोमबार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।
यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ११:३७