
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामबिना र भारत सीताबिना अधुरो रहेको बताएका छन् ।
मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने बताए ।
आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै मन्त्री किराँतीले भने,‘कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो । पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनःस्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित,सम्मान छौं । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’
उनले महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी गराए ।