प्रश्नोत्तर
प्रधानमन्त्रीसँग शुक्रबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं— प्रतिनिधि सभामा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाे सदनलाई जानकारी गराए ।
सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गरे ।
शुक्रबार हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ ।
यसअघि पनि प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १३:१३