News Griha :: न्यूजगृह
ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा बेलिब्रिज निर्माण सुरु

काठमाडौं— आइतबार आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुर्ननिर्माण सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनः निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनःनिर्माण थालिएको छ ।

मन्त्री प्रकाश ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुखलगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका थिए  । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । सोमबारदेखि नै काम सुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए ।  

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:५४
Weather Update