News Griha :: न्यूजगृह
खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ?
खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयको बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रालयको पुनःसंरचना नगरी अघि बढ्न सक्ने स्थिति नरहेको बताए । 
बजेटबारे अर्थमन्त्री महत भन्छन्– कसौँडीमा पकाउने जति चामलले जन्ती खुवाउनु परे के के हुन्छ ?
बजेटबारे अर्थमन्त्री महत भन्छन्– कसौँडीमा पकाउने जति चामलले जन्ती खुवाउनु परे के के हुन्छ ? अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् । 
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन ‘ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढङ्गमा छौँ,’ उनले भने । 
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दै आएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको बताए ।
भूमिहीनलाई लालपुर्जा वितरण
भूमिहीनलाई लालपुर्जा वितरण रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । 
पहिरोले कालीगण्डकी करिडोर, तानसेन–रिडी र आर्यभन्ज्याङ–राम्दी सडकखण्ड अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर, तानसेन–रिडी र आर्यभन्ज्याङ–राम्दी सडकखण्ड अवरुद्ध गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 
नेपाली युवा पाण्डे यूरोपको सर्वोच्च शिखरमा
नेपाली युवा पाण्डे यूरोपको सर्वोच्च शिखरमा नेपाली युवा प्रकाश राज पाण्डेले यूरोपको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । यही जुन २८ र २९ (असार १३ र १४ गते) मा पाण्डेले रुसको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।
मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य
मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।
काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथ पहिरोले अवरुद्ध
काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथ पहिरोले अवरुद्ध काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बाग्मतीको पुल नजिकै शुक्रबार बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।
यस्तो छ शुक्रबार फलफूल र तरकारीको मूल्य
यस्तो छ शुक्रबार फलफूल र तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
Weather Update