नेपाली युवा पाण्डे यूरोपको सर्वोच्च शिखरमा

काठमाडौं— नेपाली युवा प्रकाश राज पाण्डेले यूरोपको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । यही जुन २८ र २९ (असार १३ र १४ गते) मा पाण्डेले रुसको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।
सातै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम राख्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुस प्रस्थान गरेका थिए ।
एलब्रस यूरोपको सबैभन्दा अग्लो हिमाल हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामांग रहेका थिए । जुन २८ को बिहान ६:१५ बजे पाण्डेले एलब्रुस ईस्टको पनि सफल आरोहण गरेका थिए ।
पाण्डेले एलब्रुसको शिखरमा नेपाली झण्डा फहराउनुका साथै नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।
पाण्डेले सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको पनि आरोहण गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १०:१४