News Griha :: न्यूजगृह
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन
फाइल तस्बिर ।

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए । ‘ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढङ्गमा छौँ,’ उनले भने । 

एमाले सत्तामा जानका लागि भोकाइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए । 

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ११:३५
Weather Update