News Griha :: न्यूजगृह
कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्छ : मन्त्री लिम्बू
फाइल तस्बिर ।

काठमाडौं— युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए । 

उनले भने, ‘त्यहाँ कांग्रेसमा आबद्ध साथीहरूलाई तपाईंहरू पहिचानविरोधी हो ? तपाईंहरू संघीयताविरोधी हो कि होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ । यो पुनःविचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । पार्टी के भन्छ सभापतिज्यूले भन्नुहोला । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुने कुरा पार्टीभित्र आवाज उठ्छ कि उठ्दैन ? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ ।’ 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:१०
Weather Update