News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार फलफूल र तरकारीको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

समितिले जनाएअनुसार ठूलो गोलभेँडा न्यूनतम मूल्य नेपाली ६० रुपैयाँ, रातो आलु ४३ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ५ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, राजमा सिमी ९०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ७०, परवल लोकल ९०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ४०, घिरौंला ८०, भिण्डी १००, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २४०, कुरीलो २००, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

तोरीको साग ४० हरियो लसुन ९०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १४० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:०५
Weather Update