खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ?

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयको बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रालयको पुनःसंरचना नगरी अघि बढ्न सक्ने स्थिति नरहेको बताए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले पार्टीको केन्द्रमा नपरेको मन्त्रालय आफूलाई दिइएको गुनासो गरे । ‘त्यो मन्त्रालयभित्र गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? यो मन्त्रालयको रिफर्म नगरी मन्त्रालय अघि बढ्ने स्थिति छैन । यो मन्त्रालयमा २ अर्ब ७ करोड रुपैयाँ मात्रै बजेट छ । पैसै छै, तर सिलिङ थपिएन । जति छ त्यसलाई व्यवस्थापन गर्नेछु,’ उनले भने ।
मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १२:०३