सत्तारुढ सांसद राणाले भने–प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभयो बुधबार, असार २०, २०८०
प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठबीच भेटवार्ता, सुदूरपश्चिम सरकारलाई पूर्णता दिने निर्णय बुधबार, असार २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ ।

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बुधबार, असार २०, २०८० सरकारले मिटरब्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसदबाट पारित नभएकोले अध्यादेश निष्क्रिय भएको हो ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइयो बुधबार, असार २०, २०८० सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो ।

प्रधानमन्त्रीको जवाफ होइन, राजनीनामा चाहियो : अध्यक्ष ओली बुधबार, असार २०, २०८० उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो । उहाँ साह्रै भएन ।’

आन्दोलनका लागि तयारी अवस्थामा रहन राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर बुधबार, असार २०, २०८०

समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको हो : प्रधानमन्त्री प्रचण्ड बुधबार, असार २०, २०८० उनले भने, ‘पार्टी एकता गर्ने उद्देश्यले मोर्चा बन्यो । हामी एक, दुई दिनभित्र बैठक बसेर देशभर एकताको अभियान लिएर जाँदैछौँ ।’

मिटरब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद् अवरोध गरे : प्रधानमन्त्री प्रचण्ड बुधबार, असार २०, २०८० उनले संसद्मा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक आज पास गर्ने कार्यसूची रहेको तर, प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोसिस गरेको बताए ।

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री चौधरी बुधबार, असार २०, २०८० ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग बुधबार, असार २०, २०८० राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ ।

सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन निर्देशन बुधबार, असार २०, २०८० प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले नदी किनारका ससुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।

विपक्षीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग, बैठक स्थगित बुधबार, असार २०, २०८० प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध बुधबार, असार २०, २०८० उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकताविरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधि सभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।









