प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठबीच भेटवार्ता, सुदूरपश्चिम सरकारलाई पूर्णता दिने निर्णय
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष श्रेष्ठबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँग सुदूरपश्चिम सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूसँग आज भएको भेटघाटमा नाउपासहित सुदूरपश्चिम सरकारलाई पूर्णता दिने निर्णय ।’
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १८:२३