News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको जवाफ होइन, राजनीनामा चाहियो : अध्यक्ष ओली

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको बताएका छन् ।

बुधबार संसद् बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभइ राजीनामा चाहिएको बताए । 

उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो । उहाँ साह्रै भएन ।’

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:०२
Weather Update