News Griha :: न्यूजगृह
प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री  चौधरी
फाइल तस्बिर ।

तुलसीपुर— लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन् । 

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरूसँग सँगै हिँड्ने, उनीहरूका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए ।

सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए । मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि छलफलमा भाग लिएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । रासस 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:१४
Weather Update