News Griha :: न्यूजगृह
समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै माओवादीहरूको एकता निश्चित रहेको बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा उनले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताए । समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने उनको भनाइ छ । उनले भने, ‘पार्टी एकता गर्ने उद्देश्यले मोर्चा बन्यो । हामी एक, दुई दिनभित्र बैठक बसेर देशभर एकताको अभियान लिएर जाँदैछौँ ।’

उनले आफ्नो साथ छोडेर गएकाहरू पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुसीको कुरा भएको उल्लेख गरे । ‘पहिला प्रचण्डले बिगार्यो, प्रचण्ड बिग्रियो, भनेर साथीहरूलाई लाग्यो, धेरै नै सराप्नु पनि भयो, आज ती साथीहरू प्रचण्डबिना हुँदैन भन्न थाल्नुभएको छ । यो सबैको लागि खुसीको कुरा हो ।’

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:५०
Weather Update