News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा एमालेको संसदीय दलको बुधबारको आकस्मिक बैठकमा छलफल भएको छ ।

संसदीय दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकताविरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधि सभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:३९
Weather Update