News Griha :: न्यूजगृह
१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै नेपाल राष्ट्र बैंकले यही असार २१ गते रु १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रूपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । 
गैँडा मारेको अभियोगमा तीन पक्राउ
गैँडा मारेको अभियोगमा तीन पक्राउ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । 
झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते गौरीगञ्ज गाउँपालिका–६ मा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबासमा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।
रामपुरका किसानलाई घाँसका बिरुवा वितरण
रामपुरका किसानलाई घाँसका बिरुवा वितरण पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो । 
हुम्लामा अवरुद्ध बाटो खुलाउन पहल
हुम्लामा अवरुद्ध बाटो खुलाउन पहल हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन बुधबार बिहानैदेखि सुरु गरिएको छ । 
पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या
पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । 
असारे झरीले किसानलाई राहत 
असारे झरीले किसानलाई राहत  पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति  झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।
एसईई नजिता उपलब्ध गराउन १९ संस्थालाई अनुमति 
एसईई नजिता उपलब्ध गराउन १९ संस्थालाई अनुमति  माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । 
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सदन सञ्चालन गर्ने सहमति
लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सदन सञ्चालन गर्ने सहमति लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।
Weather Update