एसईई नजिता उपलब्ध गराउन १९ संस्थालाई अनुमति

काठमाडौं— माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नजिता प्रकाशन गर्न विभिन्न १९ संस्थाले अनुमति पाएको सूचना मार्फत जानकारी दिएको हो ।
यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
अनुमति पाएका संस्थामध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।
यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ११:१३