News Griha :: न्यूजगृह
सरदार प्रितम सिंहको नाम जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लज्जास्पद : कमल थापा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली पुगेको भन्नु लज्जाको विषय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । थापालेसामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाएका हुन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली पुगेको बताएका थिए ।

त्यसको विरोध गर्दै थापाले लेखेका छन्,‘प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो ।’ प्रम प्रचण्डको यस भनाइले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दुःखको कुरा के हो भने यो भनाइ २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।’

 

 

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:१९
Weather Update