बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ बिहीबार, असार २१, २०८०

गुडिरहेको बसमा करेन्टः थप एकको मृत्यु बिहीबार, असार २१, २०८० सल्यानको छत्रेश्वरी– ६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । मृतक बसका मालिक हुन् ।

घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी एशिया बैंकको सेटिङ बिहीबार, असार २१, २०८० बोर्डको छानविनमा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको पाइएको छ ।

एसईईको नतिजा सार्वजनिक बिहीबार, असार २१, २०८० नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । यसपालि एसईई दिएका विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् ।

विद्यार्थी बाहिरिने प्रवृत्तिप्रति विश्वविद्यालयहरू गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड बिहीबार, असार २१, २०८० बिहीबार दिउँसो बालुवाटारमा पोखरा विश्वविद्यालयको २३ औं सिनेट बैठकलाई सम्बोधन गर्दै उनले विद्यार्थीको अस्वाभाविक विदेश आकर्षणलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए ।

विज्ञापन ऐन संशोधन गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा बिहीबार, असार २१, २०८० बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा मन्त्री शर्माले सरोकारवालाबाट आएको सुझावलाई, समेटेर नीति परिमार्जन गर्ने बताइन ।

एलओडी सञ्चालकविरुद्ध किन जारी भयो पक्राउ पुर्जी ? बिहीबार, असार २१, २०८० आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि नाबालिगलाई प्रहरीले रेस्क्यू गरेको हो । कोइराला सोही दिन पक्राउ परेका हुन् । उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौं आएको प्रहरी समक्ष बताएकी छन् ।

सुरु भयो कांग्रेस जिल्ला सभापतिहरुको भेला बिहीबार, असार २१, २०८० ललितपुरस्थित पार्टी मुख्यालयमा सुरु भएको भेलामा कांग्रेसको जिल्ला सभापतिहरु सहभागी छन् । सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए ।

प्रधानमन्त्रीको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय बिहीबार, असार २१, २०८० सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विवाद बढेपछि बिहीबार बिहान सत्तारुढ दलहरूको संयुक्त बैठकसमेत बसेको थियो ।

महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण बिहीबार, असार २१, २०८० यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्यो राष्ट्रियसभा अवरुद्ध बिहीबार, असार २१, २०८० दिउँसो १ बजे बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।

एमालेको कदम असंसदीय, प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन बिहीबार, असार २१, २०८० प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले संसद् फेस गर्ने निर्णय पनि गरेको छ ।

गुडिरहेको बसमा करेन्ट प्रवाह, २ जनाको मृत्यु बिहीबार, असार २१, २०८० दाङबाट सल्यानको खौला जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा रोल्पाका बालराम डाँगी र उनका छोरा टोपलालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस मालिक सल्यानका महेन्द्र ओलीको अवस्था गम्भीर छ ।उनलाई उपचारको लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । अन्य केही सामान्य घाइते छन् ।









