एसईईको नतिजा सार्वजनिक

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहिबार सार्वजनिक गरेको छ ।
बोर्डले नतिजा प्रकाशनपूर्व बैठक बोलाएको थियो । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । यसपालि एसईई दिएका विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् ।
यसरी हेर्न सकिन्छ एसईई नतिजा :
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १५:२४