News Griha :: न्यूजगृह
बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ 

काठमाडौं—  राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जबर्जस्ती करणीको आरोपमा दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो । एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरिएको बताए ।

उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर आफूलाई पौडेलले बलात्कार गरेको पीडितको दाबी छ ।  

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:४३
Weather Update