News Griha :: न्यूजगृह
सुरु भयो कांग्रेस जिल्ला सभापतिहरुको भेला 

काठमाडौं—  नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला सुरु भएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा सुरु भएको भेलामा कांग्रेसको जिल्ला सभापतिहरु सहभागी छन् । सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए ।

उनले उपनिर्वाचनको परिणामबाट निराश र अलमलमा पर्न नहुने पनि बताए । महामन्त्री शर्माले दशैँ अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताए । असार २७ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने भन्दै उनले केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने बताए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:१७
Weather Update