News Griha :: न्यूजगृह
गुडिरहेको बसमा करेन्ट प्रवाह, २ जनाको मृत्यु
तस्बिर : सामाजिक सञ्जाल ।

काठमाडौं—  गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

दाङबाट सल्यानको खौला जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा रोल्पाका बलराम डाँगी र उनका छोरा टोपलालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस मालिक सल्यानका महेन्द्र ओलीको अवस्था गम्भीर छ  ।उनलाई उपचारको लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । अन्य केही सामान्य घाइते छन् ।

राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट— ३ चोरखोला नजिक लत्रिएको विद्युत तारले बसलाई छुँदा बसमा नै करेन्ट प्रवाह भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:०२
Weather Update