मनाङ एअरको हेलिकोप्टर लिखुपिकेको लाम्जुरामा दुर्घटना मंगलबार, असार २६, २०८०

विमला राई पौड्यालको प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ? मंगलबार, असार २६, २०८० उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? ’

तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन मंगलबार, असार २६, २०८० अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाइ गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।

मनाङ एअरको हेलिकोप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन मंगलबार, असार २६, २०८० सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्यो : भैरवसुन्दर श्रेष्ठ मंगलबार, असार २६, २०८० मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको उनले आरोप लगाए ।

भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने मंगलबार, असार २६, २०८० गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो...

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ मंगलबार, असार २६, २०८० मंगलबार बिहान उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र मंगलबार, असार २६, २०८० उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेकेको मलाई थाहा छैन ।’

वडा नै नभएको ठाउँमा बजेट गयो : राष्ट्रिय सभा सदस्य रावल मंगलबार, असार २६, २०८० राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर, केन्द्र सरकारबाटै १० औँ वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाइन् ।

अपडेट : मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का मंगलबार, असार २६, २०८० लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा... मंगलबार, असार २६, २०८० अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १० बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।

‘युट्युब’ हेर्दै सीप सिक्दै कैलालीका महिला मंगलबार, असार २६, २०८० सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडिओ हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन मंगलबार, असार २६, २०८० मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको मनाङ एअरले जनाएको छ।









