सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू मंगलबार, असार २६, २०८०

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति, ३९ दिनदेखिको आन्दोलन स्थगित मंगलबार, असार २६, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । तेस्रोपटकको ‘वृहत् आन्दोलन’ पछि भएको सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलन गर्ने परिषद्ले चेतावनी दिएको छ ।

बजेटमाथिको छलफल सकियो मंगलबार, असार २६, २०८० राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।

काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न गुरु योजना बनाउँदै सरकार मंगलबार, असार २६, २०८० शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छन् ।

आफूलगायत पूर्वप्रधानमन्त्रीको नाम जोडिएको ललिता निवास प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल मंगलबार, असार २६, २०८० पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे । ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ : अर्थमन्त्री डा. महत मंगलबार, असार २६, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए । ‘ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो,’ उनले भने, ‘एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मंगलबार, असार २६, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलव २४ मा सीमित भएको छ ।

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ मंगलबार, असार २६, २०८० आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा मंगलबार पक्राउ गरेको हो ।

दुर्घटनाग्रस्त हेलिकोप्टरको अध्ययनका लागि छानबिन समिति बनाइने मंगलबार, असार २६, २०८० मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले भने, ‘अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।’

भ्रष्टाचारीमाथिको कारबाही स्टन्टबाजी मात्रै : एमाले अध्यक्ष ओली मंगलबार, असार २६, २०८० ‘अहिलेको सरकार, अहिलेका मन्त्रीहरू खासगरी प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचारविरोधी कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होइन । यो त अगाडिदेखि चल्दैथ्यो,’ उनले भने ‘यो पोलिटिकल स्टन्टबाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरूलाई ब्लोअप गरेर के–के न गरे भनेर यो कुनै...

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त मंगलबार, असार २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् ।

अहिले सरकारमा जाने एमालेको कुनै मनसाय छैन : अध्यक्ष ओली मंगलबार, असार २६, २०८० उनले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । ‘केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ,’ उनले भने ।

आइतबार मात्र नेपाल आएका थिए हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक मंगलबार, असार २६, २०८० उनीहरू आइतबार मात्रै भिजिट भिसामा काठमाडौं आएका हुन् । हेलिकप्टर खोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका वडा नम्बर ५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटनामा परेको हो ।









